कृषि विकास बैंक र राष्ट्रिय कृषक समूहबीच सम्झौता
काठमाडौं, पुस ११
कृषि विकास बैंक लिमिटेडले राष्ट्रिय कृषक समूह महासंघ नेपालसँग सम्झौता गरेको छ । बैंकले वित्तीय तथा सामाजिक÷सामुदायिक सेवा प्रदान गर्ने विषयमा महासंघसँग सम्झौता गरेको हो । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले हस्ताक्षर गरेका छन् ।
उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले राष्ट्रिय कृषक समूह महासंघ नेपालसँग गरिएको यस प्रकारको सम्झौताले नेपालको ग्रामीण क्षेत्रहरूमा रहेका कृषक समूह तथा कृषि सहकारीमा आबद्ध विशेष गरी सीमान्तकृत, भूमिहीन तथा महिला कृषकहरूलाई कृषि तथा पशुपालन परियोजना सञ्चालनका लागि बैंकले सहुलियतपूर्ण कर्जाका प्रदान गर्नुका अलावा विभिन्न सामाजिक सामुदायिक कार्यक्रम सञ्चालन गरी स्थानीयस्तरमा रोजगारीको वृद्धि तथा ग्रामीण अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरे । उपाध्यायका अनुसार कृषि विकास बैंक सदैव कृषकको बैंक रही आएको र आगामी दिनमा समेत बैंकले कृषि तथा पशुपालनको व्यवसायिकीकरण र आधुनिकीकरणमा अग्रणी भूमिका निभाउने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा महासंघका अध्यक्ष नवराज बस्नेतले बैंकसँग गरिएको सम्झौताबाट दूरदराजमा रहेका उपेक्षित गरिब कृषकहरूलाई बैंकको सहुलियतपूर्ण कर्जाको माध्यमबाट उनीहरूको आर्थिक स्तर माथि उठाउन ठूलो सहयोग पुग्ने अपेक्षा गरे । बस्नेतले यति महत्वपूर्ण सम्झौता गरेकोमा आगामी दिनमा कृषि विकास बैंकको मान, प्रतिष्ठा र गरिमामा आँच आउन नदिने गरी सहकार्य गरिने प्रतिबद्धता समेत व्यक्त गरे ।
बैंकको कृषि कर्जा तथा एमएसएमई विभागका विभागीय प्रमुख बाबुकाजी थापाका अनुसार बैंकले राष्ट्रिय कृषक समूह महासंघ नेपालमा आबद्ध देशका ५७ जिल्लाका करिब पाँच हजार दुुई सय कृषक समूह तथा सहकारीका एक लाख कृषकहरूलाई कृषि तथा पशुसँग सम्बन्धित परियोजना सञ्चालन गर्न आवश्यक पर्ने कर्जा उपलब्ध गराउनुका साथै महासंघको सिफारिसमा स्थानीय कृषकहरूलाई आवश्यकताअनुसार सहुलियतपूर्ण कर्जाका अतिरिक्त उद्यमशीलता विकासका लागि तालिम, बाली तथा पशु सुरक्षण कार्यक्रम, वित्तीय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका विभिन्न कार्यक्रम सञ्चालन समेत गर्नेछ ।
सो कार्यक्रममा बैंकका उपमहाप्रबन्धकहरू यज्ञप्रकाश न्यौपाने, दीर्घबहादुर अर्याल, परामर्शदाता घुरन ठाकुर, विभागीय प्रमुखहरू अजयकुमार रिमाल, बाशु अधिकारी, विना शर्मा, शाप्र योगेन्द्रबहादुर सिंह, शाप्र प्रेमप्रसाद खनाल, सीए कृष्ण निरौला, शाअ मधुसुदन खकुरेलको उपस्थिति रहेको थियो । सो अवसरमा राष्ट्रिय कृषक समूह महासंघ नेपालको तर्फबाट उपाध्यक्ष पञ्चकाजी श्रेष्ठ, कोषाध्यक्ष गिता भुजेल, सचिवालय सदस्य हितराज कार्की तथा नागरिक पत्रिकाका पत्रकार रघुनाथ लामिछाने समेतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया