Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा जनरलको ३० करोड रुपैयाँको साधारण सेयरको बिक्री खुला

सानिमा जनरलको ३० करोड रुपैयाँको साधारण सेयरको बिक्री खुला


काठमाडौं ।
सानिमा जनरल इन्स्योरेन्स कम्पनीको ३० करोड रुपैयाँको साधारण सेयरको बिक्री खुला भएको छ । कम्पनीले बुधबारबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३० लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको हो । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको कम्पनीको सेयर बिक्री कार्य छिटोमा असोज २५ गते र ढिलोमा कात्तिक छ गते बन्द हुुनेछ ।

बिक्री खुला भएको कुुल सेयरमध्येमा चार प्रतिशत अर्थात् एक लाख २० हजार कित्ता सेयर कर्मचारीहरूको लागि, पाँच प्रतिशत अर्थात् एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषको लागि र बाँकी रहेको २७ लाख ३० हजार कित्ता साधारण सेयर सर्वसाधारणको लागि छुट्याइएको छ । सर्वसाधारणहरूले न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्मको सेयर खरिदको लागि दिन सक्नेछन् । अधिकृत पुँजी एक अर्ब ५० करोड र जारी पुँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको बिक्रीपश्चात् चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया