Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्राइम लाइफको सञ्चालकमा काफ्ले

प्राइम लाइफको सञ्चालकमा काफ्ले


काठमाडौं ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा राजेन्द्र काफ्ले नियुक्त भएका छन् । कम्पनीको यही असोज २० गते बसेको सञ्चालक समितिको बैठकले काफ्लेलाई यही असोज २१ गतेदेखि लागू हुने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । यसैबीच कम्पनीमा संस्थापक सेयरधनी समूहका तर्फबाट सञ्चालक रहेका विकास धारेवाले भने पदबाट राजीनामा दिएका छन् ।

कम्पनीका अनुसार यही असोज २० गते धारेवाले राजीनामा दिएलगत्तै बसेको सञ्चालक समितिको बैठकले असोज २१ गतेदेखि नै लागू हुने गरी धारेवाको राजीनामा स्वीकृत गरेको हो । हाल चुक्ता पुँजी दुई अर्ब २५ करोड ८९ लाख ३२ हजार रुपैयाँ रहेको कम्पनीले गत आर्थिक वर्षमा २९ करोड ८५ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीको यस्तो नाफा ३१ करोड ३० लाख ९७ हजार रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया