बजार परिसूचक ११ सय ६७ अंकमा
काठमाडौं, पुस १३
यस साता सेयर बजार परिसूचक ११ सय ६७ दशमलव ४१ अंकमा पुगेर रोकिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ५४ दशमलव ३६ अंकमा पुगेर रोकिएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नियमित कारोबार कक्ष यस साता पाँच कार्यदिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो र चौथो दिन सेयर बजार बढेको थियो भने तेस्रो र अन्तिम दिन सेयर बजार घटेको थियो ।
यस साता धितोपत्र बजारमा एक सय ७२ कम्पनीहरुको कारोबार भएका छन् । जसअनुसार ३५ हजार तीन सय ६२ वटा कारोबारमा ८५ लाख ९५ हजार पाँच सय ३१ कित्ता सेयर खरिदबिक्री हुंदा कारोबार रकम दुई अर्ब ८१ करोड ८८ लाख ९२ हजार छ सय ९० रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा बढेको हो । गत साता भने धितोपत्र बजारमा एक सय ७३ कम्पनीहरुको कारोबार भएका थिए । जसअनुसार ३१ हजार नौ सय ६४ वटा कारोबारमा ६५ लाख २१ हजार ३४ कित्ता सेयर खरिदबिक्री हुंदा कारोबार रकम दुई अर्ब आठ करोड ७० लाख आठ हजार सात सय ३७ रुपैयाँ पुगेको थियो ।
यस साता पहिलो दिन बजार परिसूचक एक दशमलव १७ अंकले उकालो लागेर ११ सय ५० दशमलव ८१ अंकमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव २५ अंकले उकालो लागेर दुई सय ५१ दशमलव ५९ अंकमा चढेको थियो । दोस्रो दिन पनि बजार परिसूचक १७ दशमलव ७७ अंकले उकालो लागेर ११ सय ६८ दशमलव ५८ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९४ अंकले उकालो लागेर दुई सय ५४ दशमलव ५३ अंकमा चढेको थियो । तेस्रो दिन भने बजार परिसूचक ओरालो लागेको थियो ।
उक्त दिन बजार परिसूचक दुई दशमलव ३७ अंकले ओरालो लागेर ११ सय ६६ दशमलव २१ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ३२ अंकले ओरालो लागेर दुई सय ५४ दशमलव २१ अंकमा झरेको थियो । चौंथो दिन भने बजार परिसूचक एक दशमलव ८२ अंकले उकालो लागेर ११ सय ६८ दशमलव तीन अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ५१ अंकले उकालो लागेर दुई सय ५४ दशमलव ७२ अंकमा चढेको थियो । अन्तिम कारोबार दिन भने बजार परिसूचक शून्य दशमलव ६२ अंकले ओरालो लागेर ११ सय ६७ दशमलव ४१ अंकमा झरेको थियो । उक्त दिन सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ३६ अंकले ओरालो लागेर दुई सय ५४ दशमलव ३६ अंकमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा नेपाल बैंक, शिवम सिमेन्ट, नागरिक लगानी कोष आदि परेका छन् । यसैगरी सेयर कारोबार भएको संख्यामा आधारमा भने नेपाल बैंक, शिवम सिमेन्ट, एनएसीसी बैंक आदि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेका छन् । सेयर सुचीकरण तर्फ भने यस साता कामना सेवा विकास बैंक, कुमारी बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, एभरेष्ट बैंक आदिको बोनस सेयर सुचीकृत भएका छन ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया