Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा बैंकले ल्यायो हातैमा रेमिट्यान्स योजना

मेगा बैंकले ल्यायो हातैमा रेमिट्यान्स योजना


काठमाडौं ।
मेगा बैंकले हातैमा रेमिटेन्स योजना सार्वजनिक गरेको छ । बैंकले ‘मेगा रेमिट’ सेवालाई अत्याधुनिकरूपमा विकास गर्दै उक्त योजना सार्वजनिक गरेको हो । स्मार्ट रेमिट्यान्स सेवा प्रदान गर्ने उद्देश्यले बैंकले मोबाइलबाटै रेमिट्यान्स पठाउन मिल्ने गरी अत्याधुनिक सेवा प्रारम्भ गरेको हो । रेमिट केन्द्रहरूमा नपुगी आफैंले मोबाइलबाट सिधै रकम रेमिट गर्न सकिने हुँदा यसलाई ‘हातैमा रेमिट्यान्स’ भन्ने नाम दिइएको बैंकले जानकारी दिएको छ ।

‘स्मार्ट जमानाको, स्मार्ट रेमिट्यान्स’ भन्ने नाराबाट सुरु गरिएको यो सुविधाबाट नेपालभर आफूले चाहेको स्थानमा रकम पठाउन सकिने बैंकले जनाएको छ । एक पटकमा बढीमा एक लाख रुपैयाँसम्म रेमिट गर्न सकिनेछ । प्राप्त गर्ने व्यक्तिको मेगा बैंकमै खाता भएमा सिधै खातामा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ । तर, खाता नभएमा मेगा बैंकका देशभर छरिएका १० हजार एजेन्टहरू तथा मेगा बैंकका देशभरका दुई सय छवटा शाखा कार्यालयहरूमध्ये आफूलाई पायक पर्ने स्थानबाट नगदमै रकम प्राप्त गर्न सकिने जानकारी पनि बैंकले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया