Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा

प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा


काठमाडौं ।
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्षिक साधारणसभा गरेको छ । कम्पनीले बिहीबार काठमाडौैंस्थित म्यारियट होटलमा सञ्चालक समितिका अध्यक्ष डा. आत्माराम घिमिरेको सभापतित्वमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । नेपाली बीमा क्षेत्रमा विसं २०६४ सालमा दर्ता भै २०७४/०८/२८ देखि बीमा व्यवसाय कारोबार सञ्चालन गर्दै आएको कम्पनीको सञ्चालक समितिमा अध्यक्ष डा. आत्माराम घिमिरेलगायत सञ्चालक सदस्यहरूमा सुभाष अमात्य, रामेश्वर सापकोटा, नरेशबहादुर मल्ल तथा प्रभु बैंकका तर्फबाट मनिराम पोखरेल रहेका छन् । सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. घिमिरेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू समेत पारित गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया