Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसामुदायिक लघुवित्त वित्तको वार्षिक साधारणसभा

सामुदायिक लघुवित्त वित्तको वार्षिक साधारणसभा


काठमाडौं, पुस १३
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले साँगा, बनेपा–१४, काभ्रेपलाञ्चोकमा शुक्रवारका छैंठौं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । संस्थाको सभाले आ.व. २०७५/७६ को वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित २०७६ असार मसान्तसम्मको वासलात, नाफा/नोक्सान र नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरणहरु पारित गरि आ.व. २०७५/७६ असार मसान्त सम्मको चुक्ता पुँजीको ३२ प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनका लागि एक दशमलव ६८ प्रतिशत नगद लाभांश पारित गरेको छ । साथै उक्त सभाले बोनस शेयरपश्चात् कायम हुन आउने चुक्ता पुँजीको दुई बराबर एकको अनुपातमा हकप्रद शेयर जारी गर्ने पश्ताब समेत पारित गरेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया