Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंक बन्यो, सेती नदी जलविद्युत् आयोजनाको मुख्य लगानीकर्ता

एनएमबी बैंक बन्यो, सेती नदी जलविद्युत् आयोजनाको मुख्य लगानीकर्ता


काठमाडौं ।
एनएमबी बैंक लिमिटेडले २५ मेघावाटको सेती नदी जलविद्युत् आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन कार्य गरेको छ । गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको माछापुच्छ्रे गाउँपालिकामा निर्माण भइरहेको जलविद्युत् परियोजना भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडद्वारा निर्माण गर्दै गरेको बैंकले जानकारी दिउको छ ।

यो परियोजनामा एनएमबी बैंक अगुवा बैंक रहेको छ भने सह—वित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरूमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंक लिमिटेड रहेका छन् । २५ मेघावाट क्षमता भएको सेती नदी जलविद्युत् आयोजनाको कुल लागत पाँच अर्ब रुपैयाँ रहेको छ । जसमध्ये बैंकहरूको लगानी कुल तीन अर्ब ५० करोड रुपैयाँको हुनेछ ।

यो आयोजना समेत एनएमी बैंकले कुल ४३ वटा जलविद्युत आयोजनाहरूमा लगानी गरिसकेको जानकारी दिएको छ । बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा दुुई अर्ब २७ करोड छ लाख ७० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुई अर्ब २५ करोड ७२ लाख ७६ हजार रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी १३ अर्ब ९५ करोड नौ लाख ८७ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा एक खर्ब ३१ अर्ब ६६ करोड तीन लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १५ अर्ब ७० करोड ३२ लाख ५५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच अर्ब ५२ करोड ५६ लाख १४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ४२ करोड ६८ लाख २९ हजार रुपैयाँ रहेको छ । यस अवधिमा बैंकमा दुई दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकले ९७ अर्ब ८९ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ४८ करोड ५० लाख ३१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब २४ करोड ४० लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ८२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया