Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईबीएल सहभागिता फण्ड (खुलामुखी योजाना) सञ्चालनमा आएको एक वर्ष पूरा

एनआईबीएल सहभागिता फण्ड (खुलामुखी योजाना) सञ्चालनमा आएको एक वर्ष पूरा


काठमाडौं ।
एनआइबीएल सहभागिता फण्ड (खुलामुखी योजाना) सञ्चालनमा आएको एक वर्ष पूरा भइसकेको छ । धितोपत्रसम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवद्र्धक र एनआईबीएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबीएल म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको एनआईबीएल सहभागिता फण्ड (खुलामुखी योजाना) सञ्चालनमा आएको एक वर्ष पूरा भइसकेको हो ।

यसै परिपेक्षमा योजना व्यवस्थापकले आवश्यक पूर्वाधार निर्माण गरी यस योजनाको कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पहुँचलाई इन्टरनेटको माध्यमद्वारा आम लगानीकर्ताहरूमाझ सहजै उपलब्ध गराउने उद्देश्यका साथ यस फण्डको स्वचालित कारोबार प्रणाली आइतबारदेखि लागू गरेको जानकारी दिएको छ ।

यो प्रणालीमार्फत आम लगानीकर्ताहरू तथा इकाईधनीहरूले हालका लागी योजनाका इकाई खरिद गर्न सक्ने, व्यवस्थित लगानी योजनामा दर्ता, व्यवस्थित लगानी योजनाको किस्ता रकमको भुक्तानी, युजर लगइन दर्ता तथा युजर लगइनमार्फत अन्य विभिन्न सुविधाहरू प्राप्त गर्न सक्ने एनआईबीएल एस क्यापिटलले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया