Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्ट बैंक र पाँचखाल नगरपालिकाबीच सम्झौता

एभरेष्ट बैंक र पाँचखाल नगरपालिकाबीच सम्झौता


काठमाडौं ।
एभरेष्ट बैंक र पाँचखाल नगरपालिकाबीच सम्झौता भएको छ । बैंकले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालयमा यही असोज ३० गते सम्पन्न भएको कार्यक्रममा काभ्रेको पाँचखाल नगरपालिकासँग कृषकहरूलाई कृषिऋण प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । सम्झौताअन्तर्गत बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिकाअनुसार पाँचखाल नगरपालिकाका कृषकहरूलाई सहुलियतपूर्ण ब्याजदरमा कृषि ऋण उपलब्ध गराउनेछ ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत जीके नेगी र पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले बैंकका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थितिकाबीच हस्ताक्षर गरेका छन् । बैंकले आफ्नो बृहत् सञ्जालमार्फत अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ । हाल बैंकको सातवटै प्रदेशमा गरी ९८ शाखा कार्यालय, ३० राज्वस्व संकलन काउन्टर तथा एक सय २९ स्थानमा एटीएम काउन्टर रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया