श्री इन्भेष्टमेन्ट फाइनान्सको २५औं वार्षिक साधारणसभा
काठमाडौं, पुस १३
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको २५औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले शुक्रबार आम्रपाली, बैंवेट, भाटभटेनीमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष शशिराज पाण्डेले यस आर्थिक वर्षको अन्त्यमा कम्पनीले संकलन गरेको निक्षेप चार अर्ब ६३ करोड र कर्जा सापट चार अर्ब २८ करोड पुगेको तथा यस वर्षको सम्पूर्ण कारोबार पछिको कम्पनीको खुद मुनाफा (बोनस तथा कर व्यवस्था पछि) १२ करोड ९९ लाख भएको जानकारी साधारणसभालाई गराए ।
कम्पनीको चुक्ता पुँजी ८१ करोड पुगेको तथा साधारणसभामा अनुमोदनको लागि पेश गरिएको उक्त चुक्ता पुँजी १३ प्रतिशतको लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त लाभांशमा दुई दशमलव ३५ प्रतिशत बोनस सेयर र १० दशमलव ६५ प्रतिशत नगद लाभांश रहेको छ ।
प्रतिवेदन प्रस्तुत गर्ने क्रममा अध्यक्ष पाण्डेले विषम परिस्थितिको बावजुद पनि कम्पनीको व्यावसायिक कारोबार वृद्धि हुनुमा आफ्ना ग्रहकहरुसँगको निरन्तर सम्पर्क लगायत कर्जाको किस्ता तथा व्याज असुलितर्फ प्रभावकारी अनुगमन मुख्य रहेको कुरा बताए । कम्पनीले २०७६ आषाढ मसान्तसम्म आफ्ना १३ वटा कार्यालयबाट नेपाल राष्ट्र बैंकको निर्देशन परिधिभित्र रही व्यावसायिक कार्य गर्दै उक्त बैंकको निर्देशनहरु पूर्णरुपमा पालना गरिएको जानकारी समेत सभालाई गराए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एनसेल सेयर बिक्री प्रकरणको छिटो छानबिन गर
- एनआईसी बैंकद्वारा कर्जाको अधिकतम प्रिमियम दर तीन प्रतिशत कायम
- प्रधानमन्त्री र प्राधिकरणको बेइमानीमा फेरि कालोसूचीमै !
- सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन
- श्रीमतीको हत्या अभियोगमा पक्राउ
- बसले ठक्करबाट मोटरसाइकल चालक ३० वर्षीय युवाको मृत्यु
- उपप्रधानमन्त्री खड्का घाना प्रस्थान
- नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा छानबिन गर्न माग
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया