Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजारमा करेक्सन

सेयर बजारमा करेक्सन


काठमाडौं ।
अघिल्लो दिन झण्डै छ अंकले ओरालो लागेको सेयर बजारमा साताको दोस्रो कारोबार दिन सोमबार भने करेक्सन देखिएको छ । यसदिन बजार परिसूचक १३ दशमलव ५८ अंकले उकालो लागेर १५ सय ७० दशमलव ३८ अंकमा चढेको छ । क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन दुुई दशमलव ६२ अंकले उकालो लागेर तीन सय १० दशमलव ८९ अंकमा पुगेको छ । यसदिन कुुल एक सय ८९ कम्पनीहरूको सेयर कारोबार भएको छ । जसअनुसार १५ हजार चार सय ७८ पटकको कारोबारमा ३३ लाख ५३ हजार दुई सय एक कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ९९ लाख ९४ हजार चार सय तीन रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये ट्रेडिङ समूहको सूचक एक दशमलव ६९ अंकले ओरालो लागेर एक हजार ६३ दशमलव ५४ अंकमा झरेकोमा बाँकी समूहको सूचक उकालो लागेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव ६७ अंकले उकालो लागेर १२ सय ५० दशमलव ६७ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक ३० दशमलव ४३ अंकले उकालो लागेर दुुई हजार ५७ दशमलव ८१ अंकमा चढेको छ । जलविद्युुत् समूहको सूचक पनि ४३ दशमलव ८६ अंकले उकालो लागेर १३ सय ६९ दशमलव ८७ अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक पनि १० दशमलव ६४ अंकले उकालो लागेर २५ सय १३ दशमलव ३० अंकमा चढेको छ ।

यसैगरी निर्जीवन बीमा सूचक पनि ९९ दशमलव ५२ अंकले उकालो लागेर सात हजार आठ सय ३५ दशमलव २९ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि ५० दशमलव ५९ अंकले उकालो लागेर नौ हजार चार सय ७३ दशमलव ८१ अंकमा चढेको छ । यीबाहेक होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः १४ दशमलव १६, १६ दशमलव २६, सात दशमलव १७, सात दशमलव छ र शून्य दशमलव शून्य सात अंकले उकालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य नौ दशमलव ९० प्रतिशतले बढेर चार सय ४४ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको युनियन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य पनि नौ दशमलव ८२ प्रतिशतले बढेर एक सय २३ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक घलेम्दी हाइड्रोपावर लिमिटेड, अपी पावर लिमिटेड आदिको सेयर मूल्य पनि बढेका छन् ।

गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको गणपति लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने एक दशमलव ९१ प्रतिशतले घटेर आठ सय २० रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको एनसीसी बैंकको संस्थापक सेयरतर्फ पनि प्रतिकित्ता सेयर मूल्य एक दशमलव ७२ प्रतिशतले घटेर एक सय १४ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नेपाल सेवा लघुुवित्त वित्तीय संस्था, सिभिल लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा अपी पावर लिमिटेड पहिलो स्थानमा परेको छ । उक्त कम्पनीको प्रतिकित्ता दुुई सय पाँच रुपैयाँ अन्तिम मूल्यमा चार करोड दुई लाख ५३ हजार आठ सय ९१ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको अरुण कावेली पावर लिमिडेको प्रतिकित्ता दुुई सय ५९ रुपैयाँ अन्तिम मूल्यमा तीन करोड ४२ लाख ९१ हजार चार सय १५ रुपैयाँको कारोबार भएको छ । यीबाहेक एनसीसी बैंक, नागरिक लगानी कोष आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया