नेपाल इन्भेष्टमेन्ट बैंकको थप दुई ठाउँमा एक्सटेन्सन काउन्टर

काठमाडौं ।
नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले थप दुईवटा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले भक्तपुरको शुकुलधोका र मच्छेगाउँ, चन्द्रागिरीमा एक्सटेन्सन काउन्टर खोलेर आफ्नो कार्यविस्तार गरेको हो । बैंकका अनुसार शुकुलढोका एक्सटेन्सन काउन्टर एनआईबीएलका उपमहाप्रबन्धक विजेश्न्द्र सुवालले उद्घाटन गरेका हुुन् भने मच्छेगाउँ एक्सटेन्सन काउन्टरको संयुक्तरूपमा कार्यवाहक वार्ड प्रमुख रामकृष्ण श्रेष्ठ र एनआईबीएल वाग्मती प्रान्त प्रमुख बरुन श्रेष्ठले संयुक्तरूपमा उद्घाटन गरेका हुुन् ।
नवस्थापित एक्सटेन्सन काउन्टरहरूले स्थानीय मागलाई पूरा गर्न बैंकिङ सेवाहरू प्रदान गर्नेछ र हाम्रा ग्राहकहरूलाई वित्तीय पहुुँच पु-याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी बैंकिङ सेवा प्रदान गर्ने बैंकले जानकारी दिएको छ । बैंकले सबै क्षेत्रमा गरी हाल ८३ शाखा, एक सय २५ वटा एटीएम काउन्टर, १९ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टरर ५६ शाखाविहीन बैंकिङ काउन्टरबाट वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ ।
बैंकका अनुसार अनुकरणीय सेवा र व्यवसायका लागि बैंकलाई पाँचवटा बैंक अफ इयर अवार्ड प्राप्तकर्ता भएको यो बैंकलाई अन्तर्राष्ट्रिय प्रकाशन युरोमीबाट बेस्ट बैंक २०१८ को लागि युरोमोनी पुरस्कारबाट मान्यता प्राप्त थियो । यसबाहेक, आईसीआरए नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी (नेपाल)ले बैंकलाई एको क्रेडिट रेटिङ दिएको छ ।
ताजा अपडेट
- चालू आवको छ महिनामा विराटनगरको राजस्वमा वृद्धि
- सरकारको वित्त १२ अर्ब ७२ करोड रुपैयाँले घाटामा
- छ महिनामा ८६ प्रतिशत होला विकास खर्च ?
- भारतले उत्पादन गरेको कोरोना खोपलाई नेपालमा अनुमति
- प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि निरन्तर सुनुवाइ
- सवारी कर पनि ‘नागरिक एप्स’बाट संकलनको तयारी
- सर्वाेच्च संस्थाप्रतिको सम्मानमा प्रश्न नउठोस्
- ट्रम्पविरुद्ध दोस्रोपटक महाभियोग
धेरैले पढेको
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- विद्यार्थीलाई न्यानो कपडा वितरण
- निःशुल्क स्वास्थ्य शिविर
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- डिजिटल नेपाल र शिक्षा क्षेत्र
- लिवाङको आर्मी ब्यारेक परिसरमा ग्लोबल आईएमई बैंकको एटीएम सेवा
- अंग्रेजी नयाँ वर्षमा कालिञ्चोकमा १० हजार पर्यटक
- सडकलाई स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराउनैपर्ने सरकारको निर्णय
तपाईको प्रतिक्रिया