Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसांग्रिला डेभलपमेन्ट बैंकको सबै शाखाबाट क्यूआर कोडमार्फत नगद

सांग्रिला डेभलपमेन्ट बैंकको सबै शाखाबाट क्यूआर कोडमार्फत नगद


काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंकले बालुवाटार शाखाबाट सुरु गरेको क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी लिने सुविधा सबै शाखामा सुरु गरेको छ । बैंकले देशभरको ९१ शाखामा यो सेवा सुरु गरेको जानकारी दिएको छ । बैंकका अनुसार यसअन्तर्गत ग्राहकहरूले अधिकतम एक लाखसम्मको रकम आफ्नो आवश्यकताअनुुुसार क्यूआर कोड स्क्यान गरी भुक्तानी लिन सक्नेछन् । चेक र एटीएमको विकल्पको रूपमा आएको यो सुविधा प्रयोग गरी कोभिड १९ बाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणमा उपयोगी हुने विश्वास बैंकले लिएको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया