Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता

ग्लोबल आईएमई बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता


काठमाडौं ।
ग्लोबल आईएमई बैंक लिमिटेड र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा प्रालिबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरूले सो होटल, रिसोर्ट एवं स्पामा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरूमा पाउने छुटसम्बन्धी सम्झौतापत्रमा बैंकले उक्त होटलसँग सम्झौता गरेको हो ।

सम्झौतामा बैंककोतर्फबाट बजार तथा व्यवसाय प्रवर्द्धन प्रमुख शान्ता शिवाकोटी र ल्याण्डमार्क होटल रिसोर्टको तर्फबाट उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात् ल्याण्डमार्क होटल रिसोर्टको काठमाडौँ, पोखरा तथा चितवनमा रहेका होटलहरूबाट उपलब्ध सेवा तथा सुविधाहरूमा ग्लोबल आईएमई बैंकको डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड, मोबाइल बैंकिङ, ई–बैंकिङ तथा क्यूआर कोड प्रणालीमार्फत भुक्तानी गर्दा बैैंकका ग्राहक तथा कर्मचारीहरूले छुट पाउनेछन् ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको दुुई सय ५९ शाखा सञ्जालसहित दुुई सय ३४ एटीएम, ४३ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, दुुई सय २७ शाखारहित बैंकिङ सेवा र तीनवटा अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २० लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाको अतिरिक्त अन्य सुविधाहरू प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ/संस्थाहरूसँग समन्वय गरी यस्ता योजनाहरू ल्याउने गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया