Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारफर्ष्ट माइक्रोफाइनान्सको प्रमुुख कार्यकारीमा पौडेल

फर्ष्ट माइक्रोफाइनान्सको प्रमुुख कार्यकारीमा पौडेल


काठमाडौं ।
फर्ष्ट माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा नुुमनाथ पौडेल नियुक्त भएका छन् । संस्थाको यही कात्तिक एक गते बसेको सञ्चालक सििमीको एक सय ६९औं बैठकले यही कात्तिक १६ गतेदेखि कार्यान्वयनमा आउनेगरी पौडेललाई आगामी चार वर्षको लागि प्रमुुख कार्यकारीमा नियुुक्त गरेको हो । संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा दुई करोड ९७ लाख १६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुई करोड ६८ लाख ३८ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ८७ करोड ६८ लाख ११ हजार रुपैयाँ रहेको संस्थाले चालुु आवको पहिलो त्रैमासिक अवधिमा छ अर्ब तीन करोड १७ लाख ६८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । सो अवधिमा ४९ लाख ४० हजार रुपैयाँ प्रोभिजन गरेको संस्थामा निष्क्रिय कर्जाको अनुपात शून्य रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले पाँच अर्ब ६२ करोड ३८ लाख सात हजार रुपैयाँ कर्जा प्रवाह गर्दा चार करोड २४ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । उक्त अवधिमा ११ लाख ७६ हजार रुपैयाँ प्रोभिजन गरेको संस्थामा निष्क्रिय कर्जाको अनुपात शून्य रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया