Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा बैंकको डजिटल दक्षिणा : ‘तीनमा तीन सय’ रुपैयाँ

मेगा बैंकको डजिटल दक्षिणा : ‘तीनमा तीन सय’ रुपैयाँ


काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले दशैंमा दक्षिणा दिनका लागि ‘तीनमा तीन सय’ नामक आकर्षक अफर ल्याएको छ । बैंकका अनुसार कोरोनाको असहज परिस्थितिमा नोटविहीन बैंकिङ कोरोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगाले ल्याएको ‘डिजिटल दक्षिणा’ अफरमा दक्षिणा दिनेले पनि तीन सय रुपैयाँ पाउनेछन् ।

त्यसका लागि मेगा बैंकका ग्राहकले मेगा स्मार्ट बैंकिङ एप प्रयोग गरेर फोन–पेमार्फत कुनै पनि बैंकको तीनवटा खातामा दक्षिणा स्वरूप रकम पठाउनुपर्नेछ । दक्षिणाबापत रकम पठाउनेको खातामा मेगा बैंकबाट तीन सय रुपैयाँ ‘क्यासब्याक’को व्यवस्था गरिएको छ । तर, रकम पठाउँदा विवरण (रिमार्कस्)मा ‘दक्षिणा’ भनी खुलाउन बैंकले अनुरोध गरेको छ । दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म रहने यो अफरमा ग्राहकहरूले तीनवटा खातामा गरी न्यूनतम पाँच सय रुपैयाँ दक्षिणा स्वरूप रकमान्तर गर्नुपर्ने बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया