Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकको दुुई सय ४२ औं शाखा शेराबजारमा

राष्ट्रिय वाणिज्य बैंकको दुुई सय ४२ औं शाखा शेराबजारमा


काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका वडा नं.–१ स्थित शाखा कार्यालय शेराबजार सञ्चालनमा ल्याएको छ । बैकका अनुसार जैमिनी नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलले बैंकको दुुई सय ४२औं शाखा कार्यालयको सोमबार समुदघाट्न गरेका हुुन् ।

उक्त अवसरमा जैमिनी नगरपालिकाका नगरप्रमुख पौडेलले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी नगरबासीलाईलाई बैंकिङ सेवा उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै नगरपालिकाले सहयोग गर्ने बताए । बैंक शाखा कार्यालय शेराबजारका शाखा प्रबन्धक लोकप्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जैमिनी नगरपालिकाकी उपप्रमुख लिला राना, नगर पदाधिकारीहरू, स्थानीय उद्योगी व्यवसायी, कर्मचारी, समाजसेवीहरूको उपस्थिति रहेको थियो ।
बैंकको हाल सातै प्रदेशको ७७ जिल्लामा दुुई सय ४२ वटा शाखा कार्यालय, दुुई सय पाँचवटा एटीएम काउन्टर र ९३ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया