Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारनेपाल बैंकको सेयर मूल्य समायोजन

नेपाल बैंकको सेयर मूल्य समायोजन


काठमाडौं, पुस १४
नेपाल बैंक लिमिटेडले सेयर मूल्य समायोजन गरेको छ । बैंकले साताको पहिलो कारोबार दिन आइतबार १५ प्रतिशत बोनस सेयर समायोजन गरी प्रतिकित्ता सेयर मूल्य दुुई सय ७५ रूपैयाँ ६५ पैसा तोकेको हो । पछिल्लो पटक प्रतिकित्ता तीन सय १७ रूपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको बैंकको बजार पुँजीकरण ३५ अर्ब ७६ करोड ६५ लाख ३९ हजार चार सय रूपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा भने बैंकको एक सय रूपैयाँ अंकित मूल्य कायम रहेको ११ अर्ब २८ करोड २८ लाख २० हजार रूपैयाँ बराबरको ११ करोड २८ लाख २८ हजार दुुई सय कित्ता सेयर सूचीकृत रहेको छ । नेप्सेका अनुसार यसदिन विजय लघुुवित्त वित्तीय संस्थाले पनि प्रतिशत बोनस सेयर समायोजन गरी प्रतिकित्ता सेयर मूल्य छ सय २३ रूपैैयाँ ४८ पैसा तोेकेको छ । यसैगरी नेरुडे लघुुवित्त वित्तीय संस्थाले पनि सो दिन १५ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य चार सय ८६ रूपैयाँ नौ पैसा तोकेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया