नेपाल बंगलादेश बैंकको प्रभातफेरी
काठमाडौँं, पुस १४
नेपाल बंगलादेश बैंकले प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही पुस १२ गते शनिबार कमलादी, काठमाडौँस्थित प्रधान कार्यालयबाट वित्तीय साक्षरताको नारा लिई प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रममा बैंकका काठमाडौँ उपत्यकाभित्र रहेका २१ वटा शाखाहरू र प्रधान कार्यालयबाट कुल तीन सय ५० कर्मचारीहरू सहभागी भएका थिए ।
बिहान ८ः३० बजे सुरु भएको प्रभातफेरी कार्यक्रम बैंकको प्रधान कार्यालयबाट सुरू भई सहिद गेट, न्यूरोड गेट, जुद्ध शालिक भई इन्द्रचोक, असन, जमल, दरबारमार्ग हुँदै पुनः प्रधान कार्यालयमा पुगेर सम्पन्न भएको थियो । सो कार्यक्रममा कर्मचारीहरूले वित्तीय साक्षरताको नारा लेखिएका प्लेकार्डहरू लिई प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको थियो ।
कार्यक्रमको अन्त्यमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले वित्तीय साक्षरताको महत्व, बचत गर्नुको फाइदालगायत बैंकिंग कारोबारका फाइदाहरूको बारेमा जानकारी थिए । साथै उनले यस्ता कार्यक्रमले साधारण जनमानसमा वित्तीय साक्षरताबारे आवश्यक जानकारी प्रवाह हुने र बैंकिङ कारोबारमा चुस्तता आउने धारणा व्यक्त गरे ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया