Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसेवाग्राहीमुखी बन्दै तिनाउ मिसन बैंक

सेवाग्राहीमुखी बन्दै तिनाउ मिसन बैंक


काठमाडौँं, पुस १४
तिनाउ डेभलपमेण्ट बैंक लिमिटेड, बुटवल रुपन्देही र मिसन डेभलपमेण्ट बैंक बुटवल, रुपन्देही एक–आपसमा मर्ज भई बनेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटडले बुटवलमै प्रधान कार्यालय रहेको नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेसँगै बैंकका सम्पूर्ण संरचनाहरूको वृद्धि भएका छन् । वित्तीय संरचना, शाखा सञ्जाल, कर्मचारी संख्यालगायतका हरेक क्षेत्रहरूको परिस्कृत विकाससँगै बैंक सेवाग्राहीमुखी बन्दै गएको छ । विगतमा तीनवटै वित्तीय संस्थाहरूले आफ्नो आफ्नो ठाउँबाट सेवा प्रवाह गरेपनि एक ढिक्का भएपछि संस्था मजबुत त भएको छ त्यसमा पनि थप नयाँ नयाँ सेवा सुविधाहरूले सेवाग्राहीलाई बैंक प्रति आकर्षित गरेको छ ।

मर्जलगत्तै स्वास्थ्य बीमाको अवधारणा अगाडि सारेको बैंकले वित्तीय पहुँचको विकासको साथै बैंकिङ च्यानलमार्फत अधिकतम कारोबार गराउने उद्देश्यले एक रुपैयाँमा खाता खोल्न सकिने व्यवस्थाको पनि सुरुवात गरेको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद घिमिरले आर्थिक सुशासनको लागि बैंकिङ प्रणाली सबैभन्दा उत्तम माध्यम हो । पैसा पैसाको हिसाबकिताब हुने र बैंक खातामा रहेको एक पैसाको पनि ब्याज आउने हुँदा सर्वसाधारणसँग रहेको पैसा चलायमान गराउनको लागि प्रेरणा दिने उद्देश्यले एक रुपैयाँको खाता योजना अगाडि सारेको बताए । राष्ट्रियस्तरको विकास बैंकको लागि संघारमा पुगेको तिनाउ मिसन डेभलपमेण्ट बैंकको एक अर्ब ६७ करोड चुक्तापुँजी, १४ अर्ब १५ करोड निक्षेप संकलन, १२ अर्ब ५५ करोड कर्जा लगानी गरेको छ भने ६१ वटा शाखा कार्यालयहरूबाट एक लाख ६५ हजारभन्दा बढी सेवाग्राहीलाई सेवा प्रवाह गरेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया