Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगुराँस लाइफको १०औं वार्षिक साधारणसभा

गुराँस लाइफको १०औं वार्षिक साधारणसभा


काठमाडौं ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १० वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले बिहिबार सञ्चालक समितिका अध्यक्ष विवेक दुगडको सभापतित्वमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले लेखापरिक्षको प्रतिवेदनसहित २०७५ साल आषाढ मसान्तसम्मको वासलात नाफा नोक्सान हिसाब, नगद प्रवा हविवरण र तत्सम्बन्धी अनुसूचीहरू सर्वसम्मतिबाट पारित हुनुका साथै विशेष प्रस्तावअन्तर्गत आव ०७४/०७५ को मुनाफाबाट जारी पुँजी एक अर्ब ८७ करोड ७० लाख ४० हजारको पाँच दशमलव २५ प्रतिशत बोनस सेयर र सो बोनसमा लाग्ने कर प्रयोजनार्थ नगद लाभांश वितरणको प्रस्ताव समेत सर्वसम्मतिबाट पारित गरेको छ ।

साथै १०औं वार्षिक साधारणसभाबाट आगामी चारवर्षे कार्यकालको लागि संस्थापक सेयरधनीहरूको तर्फबाट विवेक दुगड, सौरभ दुगड, अपछकुमार यादव (प्रतिनिधि–सनराइज बैंक लिमिटेड), शम्भुप्रसाद सुवेदी, विनयकुमार तोदी तथा सर्वसाधारण सेयरधनीको तर्फबाट विशाल तातेड निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित सञ्चालक समितिको आजै बसेको एक सय ६२औं बैठकले विवेक दुगडलाई सर्वसम्मतिबाट सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया