Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनयाँ वर्षमा सानिमा बैंकको डबल सौगात अफर

नयाँ वर्षमा सानिमा बैंकको डबल सौगात अफर


काठमाडौं, पुस १५
सानिमा बैंक लिमिटेडले नयाँ बर्षमा डवल सौगात अफर सार्वजनिक गरेको छ । अफरअन्र्तगत बैंकले नयाँ वर्ष इसं २०२० को उपलक्ष्यमा आफ्ना ग्राहकहरूलाई विशेष योजनास्वरूप विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरूलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङलगायतका डिजिटल बैंकिङ सेवाहरूमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । साथै, ग्राहकहरूले दुवै सुविधा एकैसाथ उपभोग गर्दा एक सय रूपैयाँको नेपाल टेलिकम वा एनसेलको टपअप पाउनेछन् । बैंकका अनुुसार यो योजना ३१ डिसेम्बर २०१९ देखि २ जनवरी २०२० (पौष १५ देखि १७, २०७६) सम्मका लागि लागू गरिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया