Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारमाछापुच्छ्रे बैंक र दुवईको मश्रिक बैंकबीच सम्झौता

माछापुच्छ्रे बैंक र दुवईको मश्रिक बैंकबीच सम्झौता


काठमाडौं, पुस १५
माछापुच्छ्रे बैंकले दुुवईको मश्रिक बैंकसँग सम्झौता गरेको छ । बैंकले दुवईस्थित मश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात् नेपाली रूपैयाँ एक अर्बभन्दा बढी पैसा नेपाल ल्याउनको लागि उक्त बैंकको नेपाली प्रतिनिधिसँग सम्झौता गरेको हो । सम्झौतापत्रमा माछापुुच्छ्रेका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुमन शर्मा एवं मश्रिक बैंक दुुवैका तर्फबाट नेपालका लागि प्रमुुख हेमा अधिकारीले हस्ताक्षर गरेकी हुुन् ।

सम्झौताअनुुसार उक्त रकम नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् ल्याउने बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकको निर्देशनअनुसार कुल प्राथमिक पुँजीको शत प्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार माछापुच्छ्रेले विदेशबाट पैसा ल्याउने प्रकृया सुरु गरेको छ । यसरी ल्याइएको रकम रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसायलगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्ने बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया