महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग
काठमाडौं, पुस १५
महालक्ष्मी विकास बैंकले विद्यालयलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरूबाट विभिन्न कार्यक्रमहरू गर्दै आइरहेकामा सोही कार्यलाई निरन्तरता दिँदै बैंकको दरबारमार्ग शाखाले यही पुुस १३ गते आइतबार काठमाडौँ महानगरपालिका–१ नक्सालमा अवस्थित नन्दी माध्यामिक विद्यालयमा विद्यार्थीको लागि बास्केटबल कोर्ट, टेबल टेनिस बोर्डलगायतका खेलकुद सामग्री सहयोग गरेको हो । विद्यार्थीको चौतर्फी विकासमा सहयोग पु-याउने हेतुले बैंकले खेलकुद सामग्री प्रदान गरेको बैंकले जानकारी दिएको छ ।
यसैगरी आइतबार नै बैंकको तीनचुली शाखाले काठमाडौँ महानगरपालिका –७ मा अवस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यामिक विद्यालयलाई अपाङ्तामैत्री फर्निचर हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । अशक्त विद्यार्थीहरूलाई अध्ययन गर्न सहज वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले अपाङ्तामैत्री फर्निचर प्रदान गरेको हो । उक्त कार्यक्रमहरूमा विद्यालयका सम्पूर्ण शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी, बैंकका कर्मचारी, विद्यालयका संरक्षकहरू तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया