Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिभिल लघुवित्त वित्तीय संस्थाका थप सात नयाँ शाखा

सिभिल लघुवित्त वित्तीय संस्थाका थप सात नयाँ शाखा


काठमाडौं ।
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिको सहायक कम्पनी)ले थप सातवटा शाखा कार्यालयहरू विस्तार गरेको छ । संस्थाले लघुवित्तको न्यून उपस्थिति रहेका स्थानहरूलाई समेटी क्रमशः झापा जिल्लाको दुर्गापुर र क्याम्पा, सप्तरीको खरचुहिया, महोत्तरीको हाथिलेट, सिन्धुलीको सुम्नाम बेँशी, रौतहटको कनकपुर र सिन्धुपाल्चोकको किउलमा नयाँ शाखा कार्यालयहरू स्थापना गरेको जानकारी दिएको छ । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको सिभिल लघुवित्त वित्तीय संस्थाले यसअघि २६ जिल्लामा रहेको ४८ वटा शाखाहरूबाट सेवा प्रदान गर्दै आइरहेकोमा अब २७ जिल्लामा भएका आफ्ना ५५ वटा शाखा कार्यालयहरूमार्फत लघुवित्तीय सेवाहरू प्रदान गर्नेछ ।

संस्थाले लघु उद्यम व्यवसाय सञ्चालन गराउन न्यून आय तथा विपन्नवर्गका व्यक्तिहरूलाई संस्थाको सदस्यता दिई विनाधितो सामूहिक जमानीमा वा स्वीकारयोग्य धितोमा साथै समूहमा आबद्ध हुन नसकेका व्यक्तिहरूलाई समेत स्वीकारयोग्य धितो लिई सरल तरिकाबाट वित्तीय पहुँच पु¥याउँदै आइरहेको छ । साथै, संस्थाले लघु बचत, लघुबीमा, विप्रेषण सेवाहरू उपलब्ध गराउँदै स्वास्थ्य, शिक्षा तथा वित्तीय साक्षरताजस्ता गैरवित्तीय सेवाहरू समेत उपलब्ध गराउँदै आइरहेको छ । वित्तीय संस्थामा करिब ३६ हजारभन्दा बढी सदस्यहरू आबद्ध रहेका छन् भने लगानीमा रहिरहेको कर्जा रकम एक अर्ब ६० करोड रुपैयाँ रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया