Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंकको २१औं शाखारहित बैंकिङ सेवा छोम्रोङमा

कुमारी बैंकको २१औं शाखारहित बैंकिङ सेवा छोम्रोङमा


काठमाडौं, पुस १६
कुमारी बैंक लिमिटेडले अन्नपूर्ण – ११, छोम्रोङ, कास्कीबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । तमु ल्होसारको शुभ अवसरमा उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबाट सम्पन्न भएको हो । उद्घाटन समारोहमा शाखारहित बैंकिङ सेवाका अभिकर्ता मिकाश गुरुङ, गण्डकी प्रदेशका सांसद– राजिव पहारी, अन्य अधिकारीहरु तथा स्थानीय बासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको माझ सम्पन्न भएको हो ।

बैंकले कास्की जिल्लामा ३ शाखाहरु – पोखरा, लेकसाइड तथा बिरौटा शाखामार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकले ग्राहकको माग तथा आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखी उल्लेखित स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको बिरौटा शाखाका शाखा प्रबन्धक महेश ढुंगानाले बताएका छन् । बैंकले योभन्दा अगाडि नै अन्नपूर्ण बेसक्याम्प भ्रमण गर्ने पर्यटकको सुविधालाई मध्यनजर गर्दै सो क्षेत्रका विभिन्न होटेलमा १५ थान पस मेसिन पनि जडान गरिसकेको छ ।

विगत १९ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका एक सय १९ शाखा सञ्जाल, एक सय १५ एटीएम, पाँचवटा एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ इकाइहरुमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x