Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारआरम्भ चौतारीको पहिलो त्रैमासिक नाफा एक करोड २९ लाख

आरम्भ चौतारीको पहिलो त्रैमासिक नाफा एक करोड २९ लाख


काठमाडौं ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड २९ लाख ७६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा एक करोड २७ लाख ७२ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी २६ करोड ३४ लाख ४८ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिक अवधिमा ९७ करोड ४६ लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ९३ करोड ५६ लाख ६४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा पाँच करोड ११ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले ५३ करोड १० लाख ७६ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ६५ करोड १४ लाख ५८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड ७० लाख १२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।



तपाईको प्रतिक्रिया