Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक दुुई हजार ५५ बिन्दुमा

बजार परिसूचक दुुई हजार ५५ बिन्दुमा

सातामा ४० अर्ब ९८ करोड रुपैयाँको सेयर किनबेच


काठमाडौं ।
यस साता सेयर बजार परिसूचक दुुई हजार ५५ दशमलव ४५ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ९२ दशमलव २९ अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुई सयवटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार तीन लाख ५७ हजार दुई सय ५५ पटकको कारोबारमा १० करोड ११ लाख ६३ हजार तीन सय सय ९४ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ४० अर्ब ९८ करोड ८७ लाख २३ हजार आठ सात रुपैयाँ पुगेको छ । कारोबार रकम गत साताको तुुलनामा निकै नै बढी हो । गत साता भने धितोपत्र बजारमा दुई सय एकवटा कम्पनीहरूको कारोबार भएका थिए । जसअनुुसार दुई लाख ८७ हजार एक सय ३० पटकको कारोबारमा सात करोड ५८ लाख ३८ हजार आठ सय ६४ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ३१ अर्ब ५४ करोड ३१ लाख ८८ हजार दुई सय रुपैयाँ पुगेको थियो ।

यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्यदिन दिन नै खुला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, तेस्रो र चौथो नेप्से बढेको थियो भने पाँच दिन घटेको थियो । पहिलो दिन बजार परिसूचक ७५ दशमलव दुुई अंकले उकालो लागेर १९ सय ६८ दशमलव २७ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स १८ दशमलव ७६ अंकले उकालो लागेर तीन सय ८३ दशमलव ९३ अंकमा चढेको थियो । दोस्रो दिन पनि बजार परिसूचक २८ दशमलव ७९ अंकले उकालो लागेर १९ सय ९७ दशमलव पाँच अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६३ अंकले उकालो लागेर तीन सय ८५ दशमलव ५६ अंकमा चढेको थियो ।

तेस्रो दिन बजार परिसूचक तीन दशमलव ३५ अंकले उकालो लागेर दुई हजार दशमलव ४० अंकमा चढेको भए पनि सेन्सिटिभ इन्डेक्स भने एक दशमलव ७७ अंकले ओरालो लागेर तीन सय ८३ दशमलव ७९ अंकमा झरेको थियो । चौथो दिन पुुनः बजार परिसूचक ७० दशमलव ६२ अंकले उकालो लागेर दुई हजार ७१ दशमलव दुई अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव २५ अंकले उकालो लागेर तीन सय ९६ दशमलव चार अंकमा चढेको थियो । अन्तिम कारोबार दिन भने बजार परिसूचक १५ दशमलव ५७ अंकले ओरालो लागेर दुई हजार ५५ दशमलव ४५ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७६ अंकले ओरालो लागेर तीन सय ९२ दशमलव २९ अंकमा चढेको थियो ।

यस साता नेपाल पुनर्बीमा कम्पनी, नेपाल दूरसञ्चार कम्पनी, नेपाल बैंक आदिको बढी रकम कारोबार भएका छन् भने नेपाल पुनर्बीमा कम्पनी, नेपाल बैंक, प्रभु बैंक, नेसनल हाइड्रोपावर कम्पनी आदिको बढी सेयर किनबेच भएका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतका कम्पनीहरू अगाडि परेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया