Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारश्री इन्भेष्टमेन्ट फाइनान्सको लाभांश १० प्रतिशत

श्री इन्भेष्टमेन्ट फाइनान्सको लाभांश १० प्रतिशत


काठमाडौं ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ८२ करोढ ९० लाख ३५ हजार रुपैयाँमध्येबाट १० दशमलव ५३ प्रतिशतले हुुने आठ करोड ७२ लाख ९७ हजार तीन सय ८५ रुपैयाँ लाभांश वितरण गर्ने घोषण गरेको हो ।

उक्त लाभांशमध्येमा सात दशमलव ३७ प्रतिशत अर्थात् छ करोड १० लाख ९९ हजार आठ सय ७९ रुपैयाँबराबरको बोनस सेयर र तीन दशमलव १६ प्रतिशतले हुुने दुुई करोड ६१ लाख ९७ हजार पाँच सय छ रुपैयाँबराबरको नगद लाभांश रहेको छ । लाभांश वितरणका सम्बन्धमा फाइनान्सको यही मंसिर १८ गते बसेको सञ्चालक समितिको दुई सय ९६औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।



तपाईको प्रतिक्रिया