Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारवोमी लघुुवित्त वित्तीय संस्थाको बोनस ३० प्रतिशत

वोमी लघुुवित्त वित्तीय संस्थाको बोनस ३० प्रतिशत


काठमाडौं ।
वोमी लघुुवित्त वित्तीय संस्थाले ३० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट आफ्ना सेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पुँजी २७ करोड ७८ लाख २८ हजार रुपैयाँमध्येबाट ३० प्रतिशत अर्थात् आठ करोड ३३ लाख ५४ हजार आठ सय रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको मंसिर १६ गते मंगलबार बसेको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृत एवं संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।



तपाईको प्रतिक्रिया