Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

माछापुच्छ्रे बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता


काठमाडौं ।
माछापुच्छ्रे बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता भएको छ । बैंकले कर्पोरेट–पे प्रणालीका लागि क्लियरिङ हाउससँग सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा हाउसकातर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात् माछापुच्छ्रे बैंकका व्यावसायिक ग्राहक (विभिन्न संघ संस्था, सरकारी कार्यालयहरू)ले बैंकको मोबाइल बैंकिङ एप तथा इन्टरनेट बैंकिङ एपमार्फत बैंकमा नगई, जुनुसुकै ठाउँबाट आफैँले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, विभिन्न सेवाहरूको भुक्तानी, सरकारी राजस्व भुक्तानीलगायतका सेवा लिन सक्नेछन् ।

उक्त प्रणालीमार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल आईपीएसमा रियलटाइम वा ननरियलटाइममा भुक्तानी कारोबारहरू गर्न सकिनेछ । साथै यस प्रणालीबाट कारोबार गर्दा बैंक तथा कर्पोरेट–पे दुवैतर्फबाट सुरक्षाका अधिकतम उपायहरू अवलम्बन गरिएको बैंकको दाबी छ । बैंकले आफ्ना ग्राहकका निम्ति विभिन्न डिजिटल भुक्तानी माध्यमहरू प्रदान गर्दै आएको छ । यो प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकलाई पनि डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने दाबी समेत बैंकले गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया