Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारइन्फिनिटी लघुवित्तले १५ प्रतिशत लाभांश दिने

इन्फिनिटी लघुवित्तले १५ प्रतिशत लाभांश दिने


काठमाडौं ।
इन्फिनिटी लघुुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले हाल कायम रहेको चुक्ता पुँजी २२ करोड ८१ लाख ४० हजार रुपैयाँ मध्येबाट १५ प्रतिशतको दरमा हुुन आउने तीन करोड ४२ लाख २१ हजार रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

घोषित लाभांशमध्येमा १४ दशमलव २५ प्रतिशत अर्थात् तीन करोड २५ लाख नौ हजार नौ सय ५० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत अर्थात् १७ लाख ११ हजार ५० रुपैयाँबराबरको नगद लाभांश रहेको छ । लाभांश वितरणका सम्बन्धमा सञ्चालक समितिको यही मंसिर १९ गते बसेको ६०औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।



तपाईको प्रतिक्रिया