चुनिखेलमा नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम काउन्टर
काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट बैंकले काठमाडौँको चुनिखेलमा पनि एटीएम काउन्टर सञ्चालनमा ल्याएको छ । नेपालको ‘क’ वर्गका वाणिज्य बैंकहरूमध्ये अग्रणी नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल) ले बुढनिलकण्ठ नगरपालिकाको चुनिखेलमा आफ्नो एक सय २६औं एटीएम विस्तार गरेको हो । करुणा अस्पताल परिसरमा स्थापित सो एटीएमको बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवालसहितका व्यक्तिहरूले उद्घाटन गरेका हुुन् । बैंकले हाल ८३ वटा शाखा, एक सय २६ वटा एटीएमहरू, १९ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पु-याइरहेको छ ।
पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु
- विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान
- नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
- दुर्घटना अपडेटः गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो
- एन्फाका उपाध्यक्ष दावा लामा लागू औषध कारोवार गरेको आरोपमा पक्राउ
- आठ ओभरमा सीमित खेलमा नेपालविरुद्ध ब्याटिङ गर्दै साउदी अरेबिया
- गाजाको शरणार्थी शिविरमा आक्रमण : सात बालबालिकासहित १३ को मृत्यु
- अर्थमन्त्री पुन र विश्व बैंकका दुई उपाध्यक्षबीच भेटवार्ता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया