Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारखल्तीको माध्यमबाट एनआईबीएल सहभागिता फण्ड खरिद गर्न सकिने

खल्तीको माध्यमबाट एनआईबीएल सहभागिता फण्ड खरिद गर्न सकिने


काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलले आफ्ना ग्राहकवर्गको सुविधालाई ध्यानमा राखी यही मंंसिर २२ गतेबाट खल्तीको माध्यमबाट एनआईबीएल सहभागिता फण्ड (खुलामुखी योजाना)का एकाइ खरिदको भुक्तानी गर्नसक्ने व्यवस्था मिलाएको जानकारी दिएको छ ।

यसअघि एनआईबीएल सहभागिता फण्डका लगानीकर्ताहरूलाई कनेक्ट आईपीएस र नेपाल इन्भेष्टमेन्ट बैंकको ई–बैंकिङबाट मात्रै यो सेवा प्रधान गरिरहेको थियो । कोष प्रबन्धक, एनआईबीएलएस क्यापिटलले लगानीकर्ताहरूलाई विना झन्झट खुलामुखी योजानामा लगानी गर्न सहज वातावरण बनाउन निरन्तर प्रयासरत रहेको जानकारी पनि बैंकले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया