Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार१९ सय ५५ अंकमा ओर्लियो सेयर बजार

१९ सय ५५ अंकमा ओर्लियो सेयर बजार


काठमाडौं ।
सेयर बजार परिसूचक १९ सय ५५ दशमलव ७५ अंकमा ओर्लिएको छ । अघिल्लो दिन नौ दशमलव चार अंकले ओरालो लागेको बजार परिसूचक साताको चौथो कारोबार दिन बुुधबार पनि ३९ दशमलव छ अंकले ओरालो लागेपछि परिसूचक उक्त अंकमा कायम रहन पुुगेको छ । यसदिन सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ४७ अंकले ओरालो लागेर तीन सय ७१ दशमलव ७१ अंकमा झरेको छ । यसदिन १३ वटा उपसमूहको दुई सय एउटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसबाट ४६ हजार चार सय ७५ पटकको कारोबारमा एक करोड आठ लाख २१ हजार नौ सय ७२ कित्ता सेयर खरिदबिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम चार अर्ब ७४ करोड ५६ लाख ४९ हजार दुई सय ९२ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये जलविद्युुत् समूहको सूचक २२ दशमलव ८९ अंकले उकालो लागेर १८ सय ५० दशमलव ४१ अंकमा चढेको छ भने बाँकी समूहको सूचक ओरालो लागेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक ३० दशमलव ५९ अंकले ओरालो लागेर १४ सय २७ दशमलव ३१ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि २२ अंकले ओरालो लागेर २१ सय ३२ दशमलव ४९ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि दुई सय २५ दशमलव १३ अंकले ओरालो लागेर नौ हजार तीन सय ९२ दशमलव एक अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि दुुई सय ७० दशमलव ४६ अंकले ओरालो लागेर ११ हजार आठ सय ७३ दशमलव ५७ अंकमा झरेको छ । यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य, लघुवित्त र सामूहिक लगानी कोष समूहको सूचकहरू पनि क्रमशः ९९ दशमलव २६, ५९ दशमलव ५४, दुई दशमलव ५८, ९८ दशमलव ५४, ६९ दशमलव आठ र शून्य दशमलव १५ अंकले ओरालो लागेका छन् ।

यसदिन बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य नौ दशमलव ९२ प्रतिशतले बढेर प्रतिकित्ता तीन सय ९९ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको साञ्जेन जलविद्युुत् कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि नौ दशमलव ८९ प्रतिशतले बढेर तीन सय ११ रुपैयाँमा कारोबार भएको छ । यीबाहेक रिडी हाइड्रोपावर कम्पनी, प्रभु बैंकको संस्थापक सेयरको मूल्य पनि बढेका छन् ।

गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको अरुण भ्याली हाइड्रो पावर कम्पनीको सेयर मूल्य पाँच दशमलव ५६ प्रतिशतले घटेर प्रतिकिकत्ता दुुई सय ५५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको हिमालयन ऊर्जा विकास कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि पाँच प्रतिशतले घटेर दुई सय नौ रुपैयाँमा कारोबार भएको छ । यीबाहेक कालिका पावर लिमिटेड, प्रभु बैंक आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन पनि नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता १५ सय ४० रुपैयाँ अन्तिम मूल्यमा ४२ करोड ४२ लाख ७२ हजार नौ सय तीन रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको अपर तामाकोशी हाइड्रोपावर कम्पनीको पनि प्रतिकित्ता पाँच सय २७ रुपैयाँ अन्तिम मूल्यमा २५ करोड ९४ लाख ६२ हजार छ सय २२ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक अरुण कावेली पावर लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया