Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी बैंकको स्मार्ट टेलर

सेञ्चुरी बैंकको स्मार्ट टेलर


काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आइतबारदेखि स्मार्ट टेलर सञ्चालनमा ल्याएको छ । यस स्मार्ट टेलर सञ्चालनबाट सेञ्चुरी–पे मोबाइल एपसबाट क्यूआर स्क्यान गरी नगद झिक्न÷निकाल्न सकिनेछ । ग्राहकवर्गहरूको सेवाका लागि थप सुविधा विस्तार गर्ने उद्देश्यले स्मार्ट टेलर ल्याएको हो । हाल उक्त सेवा केन्द्रीय कार्यालय, काठमाडौँको लागि मात्र लागू हुनेछ । निकट भविष्यमा उक्त सुविधा काठमाडौँ उपत्यकालगायत उपत्यका बाहिर समेत लागू गरिनेछ । यस सेवाबाट यस बैंकका ग्राहकवर्गले एक दिनमा कुल एक लाख रुपैयाँसम्म नगद झिक्न सक्ने र १० लाख रुपैयाँसम्म मासिकरूपमा नगद झिक्न पाउने र सोको लागि चेकवा डेबिट कार्ड आवश्यक नपर्ने बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया