Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंक र बारपाक सुलिकोट गाउँपालिकाबीच सम्झौता

ग्लोबल आईएमई बैंक र बारपाक सुलिकोट गाउँपालिकाबीच सम्झौता


काठमाडौं ।
ग्लोबल आईएमई बैंक र बारपाक सुलिकोट गाउँपालिकाबीच सम्झौता भएको छ । बैंकले कृषि तथा पशुपालन कर्जा दिने विषयमा उक्त गाउँपालिकासँग सम्झौता गरेको हो । समझदारीपत्रमा गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट तथा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी र बैंकको तर्फबाट बारपाक शाखा प्रबन्धक प्रदिप गुरुङ तथा सुपरभाइजर तेजबहादुर थापाले संयुक्तरूपमा हस्ताक्षर गरेका हुुन् ।

सम्झौताअनुसार बैंकले आवश्यक प्रक्रिया पूरा गरेका कृषकहरूलाई परियोजनाको विशलेषण गरी न्यूनतम दुुई लाख रुपैयाँदेखि अधिकतम १० लाख रुपैयाँसम्म कर्जा प्रदान गर्नेछ । कृषिको व्यावसायिकतामार्फत आत्मनिर्भर पालिका निर्माणका लागि ग्लोबल आईएमई बैंक लिमिटेडले स्थानीय निकायहरूसँगको सहकार्यमा विभिन्न किसिमका कर्जा प्रवाह गर्दै आएको छ ।

मुलुकको कुल ग्रार्हस्थ्य उत्पादनमा २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा करिब ६५ प्रतिशत जनता आश्रित रहेका छन् । कृषि कर्जामा बैंकको सहजीकरणलले उद्यमशीलताको विकास गर्ने, स्वरोजगार बनाउने र स्थानीय निकायहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बैंकको विश्वास रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया