Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक १९ सय ६४ बिन्दुमा

बजार परिसूचक १९ सय ६४ बिन्दुमा

सातामा २८ अर्ब ४८ करोड रुपैयाँको सेयर खरिदबिक्री


काठमाडौं ।
यस साता सेयर बजार परिसूचक १९ सय ६४ दशमलव दुई अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७४ दशमलव दुुई अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुुई सय दुुईवटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार दुई लाख ५६ हजार पाँच सय ९९ पटकको कारोबारमा छ करोड छ लाख तीन हजार २७ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम २८ अर्ब ४८ करोड ८५ लाख दुई सय ४३ हजार सात सय ७० रुपैयाँ पुगेको छ । कारोबार रकम गत साताको तुलनामा झण्डै १२ अर्ब रुपैयाँले कम हो ।

गत साता भने धितोपत्र बजारमा दुई सयवटा कम्पनीहरूको कारोबार भएका थिए । जसअनुुसार तीन लाख ५७ हजार दुई सय ५५ पटकको कारोबारमा १० करोड ११ लाख ६३ हजार तीन सय सय ९४ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ४० अर्ब ९८ करोड ८७ लाख २३ हजार आठ सात रुपैयाँ पुुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्यदिन दिन नै खुला रहेकोमा दोस्रो र पाँचौँ दिन बजार परिसूचक उकालो लागेको थियो भने पहिलो, तेस्रो र चौथौ दिन बजार परिसूचक ओरालो लागेको थियो । सोमध्ये पहिलो दिन बजार परिसूचक एक सय २३ दशमलव ३४ अंकले ओरालो लागेर १९ सय ३२ दशमलव ११ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि २१ दशमलव ६२ अंकले ओरालो लागेर तीन सय ७० दशमलव ६७ अंकमा झरेको थियो ।

दोस्रो दिन भने बजार परिसूचक ७२ दशमलव २८ अंकले उकालो लागेर दुई हजार चार दशमलव ३९ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव एक अंकले उकालो लागेर तीन सय ८२ दशमलव ७७ अंकमा चढेको थियो । तेस्रो दिन बजार परिसूचक पुन नौ दशमलव चार अंकले ओरालो लागेर १९ सय ९५ दशमलव ३५ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५९ अंकले ओरालो लागेर तीन सय ८० दशमलव १८ अंकमा झरेको थियो । चौथो दिन पनि बजार परिसूचक ३९ दशमलव छ अंकले ओरालो लागेर १९ सय ५५ दशमलव ७५ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ४७ अंकले ओरालो लागेर तीन सय ७१ दशमलव ७१ झरेको थियो ।

अन्तिम कारोबार दिन भने बजार परिसूचक आठ दशमलव २७ अंकले उकालो लागेर १९ सय ६४ दशमलव दुुई अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३२ अंकले उकालो लागेर तीन सय ७४ दशमलव दुई अंकमा चढेको थियो । यस साता नेपाल पुनर्बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल दूरसञ्चार कम्पनी आदिको बढी रकम कारोबार भएका छन् भने नेपाल पुनर्बीमा कम्पनी, प्रभु बैंक आदिको बढी सेयर किनबेच भएका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतका कम्पनीहरू अगाडि परेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया