Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारयुनाईटेड इन्स्योरेन्स कम्पनीको नाफा एक करोड छ लाख

युनाईटेड इन्स्योरेन्स कम्पनीको नाफा एक करोड छ लाख


काठमाडौं ।
युनाइटेड इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड छ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ९६ लाख ४२ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब दुुई करोड ८१ लाख ६० हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी एक रुपैयाँ चार पैसा रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ३८ रुपैयाँ ४० पैसा रहेको छ । न्यादी हाइड्रोपावर कम्पनी र नागरिक लगानी कोषबीच सम्झौता भएको छ । कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नागरिक लगानी कोषलाई नियुक्त गर्ने गरी सम्झौता गरेको हो । सम्झौतामा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्य र कोषका तर्फबाट कार्यकारी निर्देशनक रमण नेपालले हस्ताक्षर गरेका हुन् ।



तपाईको प्रतिक्रिया