महालक्ष्मी विकास बैंकको कर्पोरेट–पे प्रणाली

काठमाडौं ।
महालक्ष्मी विकास बैंकले कर्पोरेट–पे प्रणाली सञ्चालन गरेको छ । बैंकले आफ्नो संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट–पे प्रणाली प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको हो । बैंकले व्यावसायिक ग्राहकहरूलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्ममार्फत बैंकमा नगई आफैँले रकमान्तर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू खाताबाटै सजिलै गर्न सक्नेछन् ।
उक्त प्रणालीमार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरू गर्न सकिनेछ । कर्पोरेट–पे प्रणालीमा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गरी स्विकृतिलगायतका आवश्यक प्रक्रिया पूरा गरेर बैंकबाट सो सेवा प्राप्त गर्न सक्नेछन् । यसपश्चात् प्रयोगकर्ताहरू आफैँले तोकिएको सीमा कारोबारभित्र कुुनै पनि भुक्तानीहरू बैंकको प्रत्यक्ष संलग्नताविना नै गर्न सक्दछन् । उक्त सीमाभन्दा बढीको कारोबार गर्न बैंकको थप चेक जाँचपश्चात् प्रोसेस हुने व्यवस्था रहेको छ ।
यस प्रणालीमा पहुँच पाउन मल्टीलेयर अथेन्टीकेसनको सुरक्षित व्यवस्था गरिएको छ । त्यसैले कुनै पनि कारोबार प्रविष्ट र अपु्रभ गर्न ग्राहक आफैँले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताले मात्र गर्न पाउने गरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ । ग्राहकले आवश्यकताअनुरूप यस प्रणालीमा एकभन्दा बढी बैंक खाताहरू पनि लिङक गरी कारोबार गर्न सकिने प्रावधान रहेको छ । सम्झौतामा बैककातर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सागर शर्मा तथा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुुन् । यस प्रणालीको प्रयोगले बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने विश्वास बैंकले लिएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- महालक्ष्मी विकास बैंकद्वारा पोशाक वितरण
- ज्योति विकास बैंकद्वारा स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान
- सिटिजन्स बैंक र एएसजीआई केयर एण्ड हेल्थ सर्भिसेसबीच छुट सम्झौता
- सिभिल लघुवित्तद्वारा सेयर मूल्य समायोजन
- जनउत्थान लघुवित्तले कमायो दुई करोड ७४ लाख
- बेइजिङको अनुसन्धानमा परेपछि ज्याक माले गुमाए चिनियाँ धनीको उपाधि
- बम राखिएको हल्लापछि ताजमहल बन्द
- बंगलादेशको निर्यातमा कोरोना महामारीको असर
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- इन्टिग्रिटी आइकन २०२० सार्वजनिक
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
तपाईको प्रतिक्रिया