‘समृद्धिका लागि सहकारी मुख्य क्षेत्र’
सहकारी बैंकको वाग्मती प्रदेशस्तरीय साधारणसभा

काठमाडौं ।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले देशको आर्थिक समृद्धिका लागि सहकारी क्षेत्र प्रमुख साझेदारका रूपमा रहेको बताएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १७औं वार्षिक साधारणसभाअन्तर्गत वाग्मती प्रदेशस्तरीय एकाइसभाको भर्चुअल माध्यमबाट बिहीबार उद्घाटनपछि यस्तो बताएका हुुन् । समृद्ध नेपाल : सुखी नेपाली बनाउने नेपाल सरकारको अभियानलाई सफल पार्नका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका हुनुपर्छ, मुख्यमन्त्री पौडेलले भने–सिंगो सहकारी क्षेत्रलाई रोजगारी सिर्जना, कृषि उत्पादन वृद्धिमा लगाउनका लागि सहकारी बैंकको भूमिका आवश्यक छ । सहकारी बैंकले आफ्ना सदस्य संस्थाहरूलाई लगानी गर्दा कृषि, पशुपालनलगायत उत्पादनका क्षेत्रलाई केन्द्रित सुझाव उनले दिएका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि एवं बैंकका सल्लाहकार राधा घलेले सरकारले गरिबी निवारण तथा आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्न आवश्यक रहेको बताए । सबैखाले विकास सहकारीको माध्यामबाट नै सम्भव भएको आफूले देखेको बताउँदै उनले सहकारी बैंकले त्यस सम्बन्धमा समेत आफ्नो कार्य योजनाका साथ काम गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बैंकका अध्यक्ष केबी उप्रेतीले वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिका सदस्य मित्रराज दवाडीले लेखा समितिको प्रतिवेदन र सञ्चालक रामहरि बजगाईले कार्यविधि र जग्गा खरिदसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । एकाइसभाले सबै प्रतिवेदन सर्वसम्मत पारित समेत गरेको छ । कार्यक्रममा बैंकका सञ्चालक एवं शिक्षा तालिम तथा सम्मान उपसमितिका संयोजक सरिता तिमिल्सिना भट्टराईले पुरस्कृत तथा सम्मानितहरूको नामावली घोषणा गरेका थिए ।
हरेक वर्ष वार्षिक साधारणसभामा प्रदान गरिने पुरस्कार तथा सम्मान यसवर्ष कोरोना संक्रमण कारण भर्चुअल रूपमा कार्यक्रम गर्नुपरेको हुनाले घोषणा मात्र गरिएको र सहज वातावरण भएपछि पुरस्कृत तथा सम्मान गरिने उनले जानकारी दिए । गण्डकी प्रदेशको एकाइसभा मंसिर २९ गते, लुम्बिनी प्रदेशको २६ गते, कर्णाली प्रदेशको २७ गते र सुदूरपश्चिम प्रदेशको २८ गते सम्पन्न गर्ने तालिका रहेको छ । एकाइसभाबाट चुनिने प्रतिनिधिहरूको सहभागितामा मुख्य साधारणसभा पुस ३ गतेका लागि तय गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिएका थिए ।
ताजा अपडेट
- समस्यामा विकास बैंकहरु, बढ्यो निष्क्रिय कर्जा
- स्थानीय तहमा स्वयंसेवक भर्ना संयुक्त राष्ट्रसंघीय महासन्धिविपरीत अख्तियारले भन्यो, ‘तुरुन्त बन्द गर्नू’
- संसद् पुनर्स्थापनापछिको नैतिक धरातल
- नेपालको उद्योग क्षेत्रमा चीन र अमेरिकाबाट धेरै लगानी
- देशभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल एसियामै पहिलो
- सरकारको तीन वर्ष र विकासको गति
- सरकार खोइ ?
- शाइन रेसुंगा डेभलपमेन्ट बैंक १३औं वर्षमा प्रवेश
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया