बजार परिसूचक पुुनः दुई हजार अंकमा
४६ अंकले उकालो लाग्दा चार अर्ब ८९ करोडको सेयर खरिदबिक्री

काठमाडौं ।
सेयर बजार परिसूचक पुनः दुई हजार अंकमा चढेको छ । गत साता लगातार ओरालो लागेर दुई हजार अंकबाट ओर्लिएको बजार परिसूचक यो साता भने सुरुवाती कारोबार दिन अर्थात् आइतबार नै ४६ दशमलव ४३ अंकले उकालो लागेर दुई हजार १० दशमलव ४५ अंकमा चढेको हो । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन आठ दशमलव नौ अंकले उकालो लागेर तीन सय ८२ दशमलव ११ अंकमा चढेको छ ।
यसदिन १२ वटा उपसमूहअन्तर्गत दुई सय तीनवटा कम्पनीहरूको कारोबार भएका छन् । जसबाट ४३ हजार पाँच सय ८४ पटकको कारोबारमा ९० लाख ५० हजार १६ कित्ता सेयर खरिदबिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम चार अर्ब ८९ करोड ९४ लाख ८४ हजार एक सय ३१ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन कारोबार भएका मध्ये तीनवटा समूहको सूचक ओरालो लागेका छन् भने बाँकी नौवटा समूहको सूचक उकालो लागेका छन् । सोमध्ये वाँणिज्य बैंक समूहको सूचक ४५ दशमलव ७७ अंकले उकालो लागेर १४ सय ८१ दशमलव ५४ अंकमा चढेको छ ।
यसैगरी विकास बैक समहको सूचक पनि ३६ दशमलव ७१ अंकले उकालो लागेर २१ सय ६५ दशमलव ३२ अंकमा चढेकोमा लघुवित्त समूहको सूचक पनि ५६ दशमलव २९ अंकले उकालो लागेर तीन हजार ७४ दशमलव ५४ अंकमा चढेको छ । यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि एक सय ७४ दशमलव पाँच अंकले उकालो लागेर नौ हजार छ सय ४० दशमलव २७ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि पाँच सय २८ दशमलव ४३ अंकले उकालो लागेर १२ हजार छ सय आठ दशमलव ३० अंकमा चढेको छ ।
यीबाहेक फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः सात दशमलव २२, दुई सय ७२ दशमलव ५४, १५ दशमलव तीन र शून्य दशमलव ११ अंकले उकालो लागेका छन् । ट्रेडिङ, होटल र जलविद्युुत् समूहको सूचकहरू भने क्रमशः २९ दशमलव ८६, पाँच दशमलव ६८ र २८ दशमलव ९५ अंकले ओरालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको महुली सामुदायिक लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ दशमलव ९४ प्रतिशतले बढेर नौ सय ८४ रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको साधना लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पनि नौ दशमलव ९१ प्रतिशतले बढेर ११ सय ४२ रुपैयाँमा कारोबार भएको छ । यीबाहेक नारायणी डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको अपर तामाकोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने चार दशमलव ८४ प्रतिशतले घटेर चार सय ५२ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको अरुण कावेली जलविद्युत् कम्पनीको सेयर मूल्य पनि तीन दशमलव ५५ प्रतिशतले घटेर एक सय ३६ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक दिव्येश्वरी हाइड्रोपावर कम्पनी, रैराङ हाइड्रो पावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता दुई हजार ३५ रुपैयाँ अन्तिम मूल्यमा ६७ करोड एक लाख ७२ हजार चार सय २१ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको पनि १५ सय ४८ रुपैयाँ अन्तिम मूल्यमा ३५ करोड ९४ लाख ५६ हजार चार सय ६८ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक हिमालयन डिष्ट्रिलरी प्रालि, अपर तामाकोशी हाइड्रोपावर कम्पनी आदिको पनि बढी रकम कारोबार भएका छन् ।
ताजा अपडेट
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
- मन्त्री नेम्वा·लाई थाहै नदिई सरुवाबढुवाको सूची !
- खुम्चियो सेयरबजार
- बैंकिङ क्षेत्रको आन्तरिक कारोबार घट्यो
- राष्ट्रिय वाणिज्य बैंक चितवनको छाप किर्ते गरी रकम अपचलन गर्ने परियार पक्राउ
- खुम्चियो सेयर बजार
- मस्क फेरि पछि परे
- बोइङ ७७७ का केही इन्जिन अनुगमन गर्न एफएएको आदेश
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया