नेको इन्स्योरेन्सद्वारा कृषि तथा पशु बीमासम्बन्धी अन्तरक्रिया

काठमाडौं ।
नेको इन्स्योरेन्स कम्पनीले कृषि तथा पशुपन्छी बीमा विषयमा छलफल गरेको छ । विगत २५ वर्षदेखि निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले कृषि तथा पशुपन्छी बीमासम्बन्धी विभिन्न सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । नेपाल राष्ट्र बैंकले आव २०७७/७८ को मौद्रिक नीतिमार्फत कृषि कर्जाको लागि अगुवा बैंक तोकेको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल बीमक संघ, कृषि विकास बैंक, तथा कृषक व्यवसायीहरूका प्रतिनिधिहरूको सहभागिता थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यताबीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले गरेका थिए । सो कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि कर्जा, बीमा, विपत् व्यवस्थापन शाखा प्रमुख डा. प्रकाश विष्ट, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका केदार पोखरेल, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय, बीमक संघका उपाध्यक्ष नुरप्रकाश प्रधान, कृषक व्यवसायीहरू प्रभात तामाङ, सुरेन्द्र बलायलगायतले आफ्ना धारणा सुझाव व्यक्त गरेका थिए ।
ताजा अपडेट
- खुम्चियो सेयर बजार
- मस्क फेरि पछि परे
- बोइङ ७७७ का केही इन्जिन अनुगमन गर्न एफएएको आदेश
- मार्च १ देखि भारतमा दोस्रो चरणको खोप अभियान
- हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक
- हरेक चारदेखि पाँच हप्तामा एप्पलले खरिद गर्छ कम्पनी
- पेट्रोलियम पदार्थको राजनीतीकरण एवं सुरक्षा
- समृद्धिका लागि युवाशक्तिको सही परिचालन
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया