Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार तीन दशमलव ४७ अंकले उकालो लाग्यो

सेयर बजार तीन दशमलव ४७ अंकले उकालो लाग्यो


काठमाडौं, पुस १७
सेयर बजार परिसूचक उकालो लागेको छ । अघिल्लो दिन झण्डै छ अंकले ओरालो लागेको बजार परिसूचक साताको चौथो कारोबार दिन बुुधबार तीन दशमलव ४७ अंकले उकालो लागेर ११ सय ६९ दशमलव ५० अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ पनि शून्य दशमलव ९७ अंकले उकालो लागेर दुुई सय ५३ दशमलव २८ अंकमा चढेको छ । यसदिन कुल एक सय ७६ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार छ हजार एक सय ७४ वटा कारोबारमा ११ लाख ७५ हजार तीन सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ३७ करोड २९ लाख ८८ हजार तीन सय एक रूपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार आठवटा समूहको सूचक उकालो लाग्दा चारवटा समूहको सूचक ओरालो लागेका छन् । सोअनुुरूप वाणिज्य बैंक समूहको सूचक तीन दशमलव ३७ अंकले उकालो लागेर एक हजार ३८ अंकमा पुगेकोमा विकास बैंक समूहको सूचक छ दशमलव ४८ अंकले उकालो लागेर १५ सय ९१ दशमलव ७६ अंकमा पुगेको छ । होटल समूहको सूचक पनि एक सय ५८ दशमलव ३२ अंकले उकालो लागेर १९ सय ९३ दशमलव ९८ अंकमा पुगेकोमा जलविद्युुत् समूहको सूचक पनि शून्य दशमलव दुुई अंकले उकालो लागेर नौ सय ३२ दशमलव २९ अंकमा पुुगेको छ ।

यीबाहेक ट्रेडिङ, उत्पादनमूलक, लघुुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः तीन दशमलव ८३, पाँच दशमलव ८८, २५ दशमलव ६८ र शून्य दशमलव शून्य नौ अंकले उकालो लागेका छन् । निर्जीवन बीमा समूहको सूचक भने यसदिन २७ दसमालव ८२ अंकले ओरालो लागेर चार हजार पाँच सय ४० दशमलव ४० अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ८२ दशमलव ३६ अंकले ओरालो लागेर पाँच हजार नौ सय ११ दशमलव ४२ अंकमा झरेको छ । यसैगरी फाइनान्स र अन्य समूहको सूचक पनि क्रमशः शून्य दशमलव नौ र एक दशमलव ७९ अंकले ओरालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको तारागाउँ रिजेन्सी होटलको प्रतिकित्ता सेयर मूल्य नौ रूपैयाँ ९६ पैसाले बढेर दुुई सय ९८ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको ओरन्टल होटल समूहको सेयर मूल्य नौ रूपैयाँ ९१ पैसाले बढेर चार सय ९९ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक सोल्टी होटल समूह, विशाल बजार कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको गुुडविल फाइनान्सको सेयर मूल्य पाँच रूपैयाँ ७९ पैसाले घटेर एक सय ३० रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको युनियन हाइड्रोपावर कम्पनीको सेयर मूल्य तीन रूपैयाँ ६३ पैसाले घटेर ५३ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, एभरेष्ट इन्स्योरेन्स कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा ओरेन्टल होटल समूह परेको छ । उक्त होटलको प्रतिकित्ता चार सय ९९ रूपैयाँ अन्तिम मूल्यमा दुुई करोड ९५ लाख ४१ हजार चार सय ५३ रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता नौ सय ६० रूपैयाँ अन्तिम मूल्यमा दुई करोड ६४ लाख ७० हजार तीन सय ३२ रूपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक यसदिन शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।

दुुई विकास बैंकसहित चारवटा संस्थाको सेयर मूल्य समायोजन :- दुुईवटा विकास बैंकसहित चारवटा संस्थाले सेयर मूल्य समायोजन गरेका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार साताको चौथो कारोबार दिन बुुधबार ज्योति विकास बैंक, सिन्धुु विकास बैंक, नेपाल सेवा लघुुवित्त वित्तीय संस्था र समिट लघुुवित्त वित्तीय संस्थाले सेयर मूल्य समायोजन गरेका हुुन् ।

सोमध्ये सिन्धुु विकास बैंकले ११ दशमलव ५१ प्रतिशत बोनस समायोाजन गरी प्रतिकित्ता सेयर मूल्य एक सय १८ रूपैयाँ ३७ पैसा तोकेको छ । यसैगरी ज्योति विकास बैंकले पनि १२ दशमलव ७५ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य एक सय ४९ रूपैयाँ ८९ पैसा तोेकेको छ । नेप्सेका अनुुसार यसदिन नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले पनि दुुई दशमलव ५० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य चार सय ८७ रूपैयाँ ८० पैसा तोकेको छ । यसैगरी समिट लघुुवित्त वित्तीय संस्थाले पनि २१ दशमलव १० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य पाँच सय ४० रूपैयाँ ९० पैसा तोकेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया