Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारओरालो लाग्यो सेयर बजार

ओरालो लाग्यो सेयर बजार

पाँच अंकले ओरालो लाग्दा छ अर्ब छ करोडको कारोबार


काठमाडौं ।
सेयर बजार परिसूचक ओरालो लागेको छ । अघिल्लो दिन उच्च अंकले उकालो लागेको बजार परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार पाँच दशमलव ७५ अंकले ओरालो लागेर दुुई हजार ६१ दशमलव ४१ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ७४ अंकले ओरालो लागेर तीन सय ८७ दशमलव ४२ अंकमा झरेको छ ।

यसदिन दुई सय पाँचवटा कम्पनीहरूको सेयर कारोबार भएको छ । जसबाट ४७ हजार सात सय ६९ पटकको कारोबारमा ९७ लाख ५५ हजार पाँच सय ४७ कित्ता सेयर किनबेच भएका छन् । सोही आधारमा यसदिन कुल कारोबार रकम छ अर्ब छ करोड ९३ लाख ३१ हजार छ सय ८७ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा उपसमूहको कारोबार भएका छन् । तीमध्ये बैंकिङ उपसमूहको सूचक शून्य दशमलव शून्य आठ अंकले उकालो लागेर १५ सय तीन दशमलव ७२ अंकमा चढेकोमा लघुवित्त उपसमूहको सूचक पनि ५९ दशमलव ५९ अंकले उकालो लागेर तीन हजार दुई सय ७१ दशमलव ३४ अंकमा चढेको छ ।

यसैगरी जीवन बीमा उपसमूहको सूचक पनि ५१ दशमलव ७९ अंकले उकालो लागेर १३ हजार छ सय ९३ दशमलव २१ अंकमा चढेको छ । विकास बैंक उपसमूहको सूचक भने यसदिन २४ दशमलव १४ अंकले ओरालो लागेर दुई हजार एक सय ९७ दशमलव ७० अंकमा झरेकोमा जलविद्युत् उपसमूहको सूचक पनि १८ दशमलव ५८ अंकले ओरालो लागेर १७ सय पाँच दशमलव २८ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बीमा उपसमूहको सूचक पनि ८१ दशमलव ९६ अंकले ओरालो लागेर नौ हजार नौ सय ३७ दशमलव ४६ अंकमा झरेको छ । यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोषको सूचकहरू पनि क्रमश ५४ दशमलव ५६, २० दशमलव ५४, छ दशमलव १९, एक सय १५ दशमलव १३ र शून्य दशमलव शून्य सात अंकले ओरालो लागेका छन् । यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको उन्नती सहकार्य लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेर १३ सय ७७ रुपैयाँमा किनबेच भएको छ ।

दोस्रो स्थानमा परेको महुली सामदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि नौ दशमलव ९८ प्रतिशतले बढेर ११ सय ९० रुपैयाँमा किनबेच भएको छ । यीबाहेक ग्लोबल आईएमई लघुुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको मल्टीपर्पोस फाइनान्सको सेयर मूल्य भने चार दशमलव ७६ प्रतिशतले घटेर एक सय ६० रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको सिन्धुु विकास बैंकको प्रतिकित्ता सेयर मूल्य पनि चार दशमलव २२ प्रतिशतले घटेर एक सय ५९ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक राष्ट्रिय बीमा कम्पनी, लक्ष्मी बैंक आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । यस कम्पनीको प्रतिकित्ता २२ सय ६५ रुपैयाँ अन्तिम मूल्यमा ५२ कारेड ३८ लाख २६ हजार सात सय ५६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको पनि प्रतिकित्ता १६ सय २७ रुपैयाँ अन्तिम मूल्यमा ३६ करोड आठ लाख २७ हजार चार सय ८० रुपैयाँको सेयर किनबेच भएको छ ।

यीबाहेक नेपाल बैंक, नबिल बैंक, एनआईसी एसिया बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् । यसदिन रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको पाँच प्रतिशत अर्थात् दुई लाख ६५ हजार पाँच सय ५९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी समृद्धि फाइनान्सको पनि १७ लाख ८८ हजार दुई सय ४९ कित्ता हकप्रद सेयर सूचीकृत भएका छन् । माउन्टेन इनर्जी हाइड्रोपावर कम्पनीको साधारण सेयर पनि यसदिन सूचीकृत भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया