बैंक अफ काठमाण्डूको डिबेञ्चर २०८६ को सार्वजनिक निष्काशन बन्द

काठमाडौँ ।
बैंक अफ काठमाण्डू लिमिटेडको डिबेञ्चर २०८६ को सार्वजनिक निष्काशन बन्द भएको छ । बैंकले सर्वसाधारण तथा व्यक्तिगत लगानीकर्ताहरूको दीर्घकालीन लगानीमा उच्चतम् प्रतिफल सुनिश्चितता हुने एवं सुरक्षित लगानी हुने दृष्टिकोणबाट २०७७ मंसिर २४ गतेदेखि ‘८ दशमलव ५ प्रतिशत बीओके डिबेञ्चर २०८६’ निष्काशन खुल्ला गरेकोमा २०७७ मंसिर २९ गते सोमबार निष्काशन बन्द गरेको हो ।
बैंकले निष्काशन गरेको उक्त ऋणपत्रमा लगानीकर्ताहरूको उत्साहजनक सहभागिताले गर्दा निर्धारण गरीएको छिटो अन्तिम मितिमा नै बन्द भएको जानकारी दिएको छ । बैंकद्वारा निष्काशन गरीएको ऋणपत्रमा लगानीकर्ताहरूकोे सहभागिताले यो बैंक र लगानीकर्ताहरूबीचमा रहेको विश्वसनियतालाई पुष्टि गरेको छ । साथै, बैंकले उक्त ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको जानकारी पनि दिएको छ ।
ताजा अपडेट
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
- मन्त्री नेम्वा·लाई थाहै नदिई सरुवाबढुवाको सूची !
- खुम्चियो सेयरबजार
- बैंकिङ क्षेत्रको आन्तरिक कारोबार घट्यो
- राष्ट्रिय वाणिज्य बैंक चितवनको छाप किर्ते गरी रकम अपचलन गर्ने परियार पक्राउ
- खुम्चियो सेयर बजार
- मस्क फेरि पछि परे
- बोइङ ७७७ का केही इन्जिन अनुगमन गर्न एफएएको आदेश
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया