Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकको लघु, साना तथा मझौला कर्जा नयाँ मोडलमा

सिद्धार्थ बैंकको लघु, साना तथा मझौला कर्जा नयाँ मोडलमा


काठमाडौँ ।
सरल तथा सहजरूपमा साना तथा मझौला व्यवसायीलाई छोटो समयमै कर्जा प्रदान गर्ने उद्देश्यका साथ सिद्धार्थ बैंक लिमिटेडले ग्राहकको वित्तीय तथा गैरवित्तीय सूचकांकहरूको आधारमा कर्जा स्वीकृति प्रक्रिया ‘स्कोर कार्ड मोडल’को प्रारम्भ गरेको छ । बैंकका अनुसार स्कोर कार्ड मोडलअन्तर्गत एक करोडसम्मको लघु, साना तथा मझौला कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेस गरेको २४ कार्य घण्टाभित्र स्वीकृत गरिने व्यवस्था मिलाएको छ ।

यो स्कोर कार्ड मोडल सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामबीचको सहकार्यमा देशको लघु, साना तथा मझौला उद्यमहरूको लागि सरल प्रक्रियामा कर्जा प्रधान गर्न र वित्तीय पहुँचमा वृद्धि गर्न सञ्चालन गरिएको हो । यस व्यवस्थाअन्तर्गत कर्जाका लागि आवेदन दिन तथा थप जानकारीका लागि आफ्नो नजिकैको शाखा वा बैंकको ग्राहक सेवा केन्द्र, ०१(५९७००२० मा सम्पर्क गर्न पनि बैंकले आग्रह गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया