Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसेञ्चुरी बैंकको शाखारहित बैकिङ सेवा बर्दिबासमा

सेञ्चुरी बैंकको शाखारहित बैकिङ सेवा बर्दिबासमा


काठमाडौं, पुस १७
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बर्दिबासमा शाखारहित बैैकिङ सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकवर्गहरूको सेवामा थप विस्तार गर्दै बर्दिबास नगरपालिका ३, पाटु, महोत्तरीबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । प्रदेश २ का बैंकका प्रमुख सौरभ चौधरी तथा बर्दिबास नगरपालिका – ३ का अध्यक्ष राजनप्रसाद ढुङगानाले सयुक्तरुपमा एक समारोहका बीच बर्दिबास, पाटुमा शाखारहित बैंकिङका प्रतिनिधि गंगाबहादुर कार्कीलाई ट्याब मेसिन हस्तान्तरण गरेका हुुन्, बैंकले विज्ञप्तिमार्फत भनेको छ । उद्घाटनपश्चात् बैंकले काठमाडौँं उपत्यकामा १३ शाखाहरू र सातवटा एक्सटेन्सन काउन्टर र उपत्यकाबाहिर एक सयवटा शाखाहरू र तीनवटा एक्सटेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ गरी जम्मा एक सय ३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया