Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारनेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी ज्ञवालीद्वारा राजीनामा

नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी ज्ञवालीद्वारा राजीनामा


काठमाडौं ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिले भुपेन्द्र पाण्डेलेलाई कामु प्रमुख कार्यकारीको जिम्मेवारी दिएको छ । पूर्वाधार क्षेत्रमा लगानी बढाउने उद्देश्यसहित सञ्चालनमा आएको यो बैंक अहिले आठ अर्ब रुपैयाँबराबरको साधारण सेयर ल्याउने तयारीमा रहेको छ । बैंकले केही समयअघि मात्र नेपाल धितोपत्र बोर्डमा साधारण सेयर जारी गर्नको लागि निवेदन दिएको अवस्थामा प्रमुख कार्यकारी ज्ञवालीले राजीनामा दिएका हुन् ।



तपाईको प्रतिक्रिया